
राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । हिँजाे साँझ चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरेका हुन् ।
राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका हुन् । हिँजाेदेखि नै सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको थियो ।
सेतो मच्छिन्द्रनाथकाे रथ तीन धारा पाठशाला अगाडि निर्माण गरेर पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगनखेलसम्म पुर्याइने परम्परा रहेको छ ।