
आज देशकाे केहि प्रदेशकाे पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हाे ।
उक्त प्रदेशकाे हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरि अन्य भू–भागकाे माैसम आंशिक बदली देखि मूख्यतया सफा रहने बताइएकाे छ ।
त्यसैगरि आज काठमाडौं उपत्यकाको वायु प्रदुषण कायमै रहेको छ भने बिहान काठमाडौंको वायुको गुणस्तर २३० एक्युआइ रहेको छ । २०० सय भन्दा माथि एक्युआइ पुगेमा धेरै अस्वस्थकर मानिन्छ भने काठमाडौं विश्वको प्रदुषित शहरको दोस्रो सुचिमा परेको छ ।