Advertisement Banner
Advertisement Banner

२१ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कर्णालीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना देखिएन

२४ सोमबार , चैत्र २०८१एक महिना अगाडि

कर्णालीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना देखिएन

नयाँ शैक्षिक सत्र सुरू हुनै लाग्दा समेत कर्णाली प्रदेशका दश जिल्लामा पाठ्यपुस्तक पुग्न सकेकाे छैन् । विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना नदेखिएकाे हाे ।

अहिलेसम्म कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेपछि शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको हाे । कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् भने जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरे पनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो ।

यता निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप छ । सरकारले कक्षा १ र ५ काे पुस्तक जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिई बिक्री गरेको जनक शिक्षाको आरोप छ ।

अहिले पाठ्यपुस्तक बिक्री गर्ने समय सुरु भए पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयले पुस्तक गोदाममै थन्क्याउनु परेको बताइएको छ । जिल्लास्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिटेडको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरवबाबु पन्तले बताएका छन् ।

हालसम्म प्रदेश कार्यालयले ६६ प्रतिशत पनि पुस्तक बिक्री गरेको छैन । डोल्पामा फागुनमा शैक्षिक सत्र सुरु हुने भएपनि हालसम्म त्यहाँ किताब पुग्न सकेको छैन । जनक शिक्षाले पुस्तक विक्रेतालाई जिल्लाअनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् भने स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ ।