Advertisement Banner
Advertisement Banner

२१ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा २७ गतेदेखि यातायात बन्द

२४ सोमबार , चैत्र २०८१एक महिना अगाडि

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा २७ गतेदेखि यातायात बन्द

नारायणगढ–बुटवल सडक खण्डकाे दाउन्ने खण्डमा चैत्र २७ गतेदेखि यातायात बन्द हुने भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डकाे सडक स्तराेन्नती गर्नका लागि यातायात बन्द गरेर काम गर्न लागेकाे हाे ।

उक्त सडक खण्डमा चैत २७ गतेदेखि ३१ चैतसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातयात बन्द गरेर काम गर्ने निर्णय भएकाे हाे ।

सडक विभागको आयोजना निर्देशनालयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ । जसका लागि नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ भने मालबाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नको लागि ठाउँ छुट्याइएको छ ।

त्यसैगरि आयोजनाका अनुसार बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालबाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने बताइएको छ । साथै, गाडी रोक्दा र चलाउँदा आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न आयोजनाले आग्रह गरेको छ ।