Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

रविलाई अदालतमा उपस्थित गराइँदै

२४ सोमबार , चैत्र २०८१७ महिना अगाडि

रविलाई अदालतमा उपस्थित गराइँदै

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा शुक्रबार पक्राउ गरिएको रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै छ । रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको हो ।

लामिछानेलाई रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा शुक्रबार पक्राउ गरिएको थियो । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरिएको हो ।

यसअघि शनिबार र आइतबार सार्वजनिक बिदापरेकाले उनलाई रूपन्देही प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । लामिछानेलाई आज अदालतमा उपस्थित गराएर कानूनी प्रक्रिया पूरा गरी थुनामा पठाउने तयारी गरिएको बताइएको छ ।

लामिछाने यसअघि सुप्रिम ठगी मुद्दामा माघ १३ गते एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।