Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

साउदी अरबले १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगायो

२४ सोमबार , चैत्र २०८१एक महिना अगाडि

साउदी अरबले १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगायो

साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले व्यापार, पारिवारिक भिसाका साथै उमराह भिसामा समेत अस्थायी प्रतिबन्ध लगाएको हो ।

अन्य देशका मानिसहरूलाई दर्ता बिना हजमा भाग लिनबाट रोक्न क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले अस्थायी प्रतिबन्ध लगाएको हो । उक्त अस्थायी प्रतिबन्ध सबै देशहरूमा मध्य जुनसम्म अर्थात् यस वर्षको हज पूरा नभएसम्म मात्र जारी रहने र त्यसपछि भिसा कार्यक्रम सामान्य रूपमा लागू हुने बताइएको छ ।

साउदी अरेबियाका अधिकारीका अनुसार उमराह भिसा अप्रिल १३ सम्म उपलब्ध हुने र विदेशीहरू अप्रिल १३ सम्म मात्र आउन सक्ने त्यसपछि उमराह भिसा रोकिने बताइएको छ । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गत वर्ष हजारौँ मानिसको मृत्युलाई ध्यानमा राख्दै यस वर्ष भिसा प्रतिबन्धको निर्णय लिएका हुन् ।

साउदी अरेबियाले भिसा प्रतिबन्ध लगाएको देशहरुमा भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट, इन्डोनेसिया, नाइजेरिया, इराक, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन लगायतका देशहरु रहेका छन् ।

यस वर्षको अस्थायी भिसा प्रतिबन्धको कारण दर्ता नभएका हज यात्रीहरूलाई रोक्नु हो । साउदी युवराज सलमानले हजको समयमा व्यवस्था कायम राख्न १४ देशको भिसाको नियम परिवर्तन गरेका हुन ।