Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सविन र शुरेश अमर छन् शंकर मघैयाबाट

२४ सोमबार , चैत्र २०८१एक महिना अगाडि

सविन र शुरेश अमर छन्
शंकर मघैयाबाट

फेरी अराजकताको भूमरीमा अनाहकमा दुई जना होनहार युवा नेवाः किर्तिपुर निवासी राजसंस्था पुर्नस्थापनाको लागि आन्दोलनरत सविन महर्जन र ताहचल हाल चन्द्रगिरी निवासी स्वतन्त्र सञ्चार गृह एभिन्युज टेलिभिजनका कुशल पत्रकार, जोखिम उठाउन सक्ने क्यामरा पर्सन तथा भिडियो विभाग प्रमुख शुरेस रजकको ज्यान गएको छ । 
भनिन्छ जोखिम विना उपलब्धी हुन्दैन । 
नेपाली जनतालाई समाचार पस्कने शुरेस रजकको रहस्यमय ढंगबाट मृत्यु भएको सनसनीपूर्ण खबर सञ्चारकर्मीहरूले सुनाउन बाध्य भएका छन । तीनकुनेमा भएको राजसंस्था पुनः स्थापना गर्नको लागि आयोजित भेलामा स्वस्पूmर्त रुपमा भेला हुन गईरहेका देशलाई माया गर्ने हाम्रा नेताहरूले के–के बोल्छन कसरी राजसंस्थाका प्रतिनिधी राजालाई स्थापना गर्नेछ भनेर उत्सुकता पूर्वक भेला हुन गएकाहरूलाई राजावादीको त्याग दिन बलियो जग विनाको गणतन्त्र हाँक्नेहरूले आरोप लगाएका छन । 
त्यसको पुष्टि गर्न हम्मे हम्मे पर्ने निश्चित छ, विदेशी खेतालाहरूले जति सुकै जनतालाई झुक्याए पनि अल्मल्याउन खोजेतापनि गणतन्त्र नेपाली भूमिमा लाशको रुपमा परिणत भैसकेको छ । त्यहाँ उर्लेको जनसागरको विविध घटनाहरूको समाचार संकलन गर्न ठूलो जोखिम उठाएर नेपाली जनतालाई सुसूचित पार्ने कर्म गर्दा गर्दै मृत्युवरण गर्नु भएका सञ्चारकर्मी शुरेस रजक सञ्चार क्षेत्रमा सदा अमर रहने नै छ । 
यस दुखद घडीमा एभिन्यूज टेलिभिजन परिवारले आफ्ना क्यामेरापर्सन शुरेस रजकको शवलाई शिक्षण अस्पताल महाराजगञ्ज देखि शोभा भगवती अगाडीको इन्द्रायणी मन्दिर नजिकै रहेका रजक जातीहरू दाह संस्कार गर्ने स्थलसम्म नगर परिक्रमा गरी अन्त्यष्टी गर्ने कार्य सम्पन्न गरेको छ । वहाँलाई सञ्चार क्षेत्रको पहिलो शहीदको मान्यता दिन माग गरेको थियो भने गणतन्त्र आइपुग्दा सम्म पनि सम्मानित राज्यको चौथो अंग सञ्चारकर्मीको रक्षा समेत गर्न नसक्ने गणतन्त्र गन्हाइ सक्यो, पत्रकारहरूलाई मार्न पाउँदैन तीनकुने घटनाको निष्पक्ष छानबिन आयोग गठन गर्नु पर्ने मागका साथ शुरेस रजकको अन्त्यष्टीमा विभिन्न जातिय समाजका प्रतिनिधीहरू साथै वहाँका श्रीमती सुजन मघैया रजकले बलिन्द्र आँसुको धारा बगाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
आततायी ढंगबाट मृत्युवरण हुनु भएका आफ्ना सञ्चारकर्मी प्रति सञ्चालक भाष्कर राजकर्णिकारको श्रद्धाञ्जली अर्पण गरेको क्षणमा आँखा रसाएको थियो भने उपस्थित जन समुदाय पनि स्तब्ध भएको र आँखामा आँसु रसाएको दृश्य देखिन्थ्यो भने मघैया समाज नेपाल, रजक समुदाय विकास संघ, धोबी समुदाय संघ, लैनचौर रजक युवा समितिका पदाधिकारीहरूले अन्तिम श्रद्धाञ्जली चढाएका थिए ।