Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बुबा भेट्न हिडेकी हेमन्ती सम्पर्क विहिन

२५ मंगलबार , चैत्र २०८१२५ दिन अगाडि

बुबा भेट्न हिडेकी हेमन्ती सम्पर्क विहिन

चैत्र २० गते बिहान ६ : ३० बजे काभ्रेकाे साँगा खाल्चाेककी हेमन्ती तामाङ (घिसिङ) बनेपामा बुबा भेट्न जान्छु भनि घरबाट निस्केकाेमा हालसम्म सम्पर्कविहिन भएकी छन् । काभ्रेकाे बनेपा नगरपालिका १४, खाल्चोक बस्ने उनि घरबाट निस्केदेखि सम्पर्कविहिन भएकी हुन् ।

बुबा भेट्न जान्छु भनेर निस्केकी २५ वर्षीय हेमन्ती सम्पर्क विहिन बनेपछि अहिले उनकाे श्रीमान सुरेश लामा र ६ वर्षीय छाेराकाे बिचल्लि भएकाे छ । उनि घरबाट निस्केर बुबालाई पनि नभेटेकाे र माइतीमा पनि नपुगेकाे उनकाे श्रीमान सुरेशले बताए ।

श्रीमति सम्पर्कविहिन भएपछि सुरेशले उनकाे आफन्त साथिभाइ सबैतिर खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी चाैकी साँगामा खाेजि गरिदिनकाे लागि आग्रह गरेकाे बताए । रामेछाप माइती भएकी हेमन्ती यसअघि पनि एकपटक घर छाेडेर माइती पुगेकाेमा सुरेशले माइतीबाट घर लिएर आएका थिए ।

हेमन्ती अझैसम्म परिवारको सम्पर्कमा नआएकाले कतै देख्नु वा भेट्नु भएमा श्रीमान सुरेशलाई ९८६१४७९५३१ मा सम्पर्क गर्न वा नजिककाे प्रहरी कार्यालयमा सम्पर्क गरिदिनकाे लागि आग्रह गरिएको छ ।