Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

जङ्गली जनावरलाई थापेको विद्युतीय धरापमा परि बालिकाको मृत्यु

२५ मंगलबार , चैत्र २०८१२५ दिन अगाडि

जङ्गली जनावरलाई थापेको विद्युतीय धरापमा परि बालिकाको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरमा जङ्गली जनावरलाई थापेको विद्युतीय धरापमा परि एक  बालिकाको मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परि घाँस काट्न गएकी १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको हो ।

खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई आइतबार चैत २४ गते पक्राउ गरेको छ ।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका सार्कीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ । सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।