Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

काठमाडौंमा सहकारी पीडितहरुको प्रदर्शन

२५ मंगलबार , चैत्र २०८१एक बर्ष अगाडि

काठमाडौंमा सहकारी पीडितहरुको प्रदर्शन

काठमाडौंमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । आज बिहान  सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।

पीडितहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते कम्पनी जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने नालायक सरकार जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

त्यस्तै सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । यसअघि उनीहरुले हिँजो पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए ।

त्यस्तै आज बल्खुमा राप्रपा र बबरमहलमा नेपाल शिक्षक महासंघले पनि प्रदर्शन गरिरहेका छन् भने सरकारले आज सुरक्षा व्यवस्था कडा बनाएको छ ।