Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

रूपन्देहीमा पिकअप भ्यान दुर्घटना दुईको मृत्यु २२ जना घाइते

२५ मंगलबार , चैत्र २०८१२५ दिन अगाडि

रूपन्देहीमा पिकअप भ्यान दुर्घटना दुईको मृत्यु २२ जना घाइते

रूपन्देहीमा हिँजो साँझा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा भएको उक्त दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको बताइएको छ ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा उक्त पिकअप भ्यान दुर्घटना हुँदा घाईते भएका २२ जना मध्ये ३ जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको र सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।