Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक सुरू

२६ बुधबार , चैत्र २०८१२४ दिन अगाडि

बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक सुरू

आज काठमाडौँमा बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक सुरू भएकाे छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीकाे अध्यक्षतामा बैठक सुरू भएकाे हाे ।

काठमाडौँकाे होटल सोल्टीमा बिहान ९ बजेबाट बैठक सुरू भएकाे हाे । बैठकमा बिमस्टेक सदस्य रहेका सात राष्ट्रमध्ये दुई राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी छन भने बाँकी राष्ट्रका मन्त्रीले ‘भर्चुअल’ सहभागिता जनाएकाे बताइएकाे छ ।

बैठकमा सहभागि हुन भारत र भुटानका कृषि मन्त्री नेपाल आएका छन् । यसअघि मंगलबार बसेको सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका एजेण्डा तय गरेको थियो । आजकाे बैठकमा सदस्य राष्ट्रहरुमा कृषिको अवस्था, चुनौती र सहकार्यलगायत विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।