
आजदेखि हङकङमा सुरु भएको टी-२०आई प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई हराएकाे छ । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै कतारलाई ८ विकेटले हराएकाे हाे ।
आजदेखि सुरु भएको पहिलो खेलमा नेपालले जित निकालेको हाे । आजकाे पहिलाे खेलमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहेका थिए ।
त्यस्तै आसिफ शेखले ३३ रन बनाए भने बसिर अहमद ३० रनमा अविजित रहेका थिए । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई १५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो भने कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएकाे थियाे ।
कतारका लागि मुजीब उर रेहमानले २ विकेट लिएका थिए । कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाएकाे खेलमा ५४ बलमा ५४ रन बनाउँदै ५ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसैगरि शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरेका थिए ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १-१ विकेट हात पारेका थिए भने पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन् । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ भने यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।