Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

अहिलेकै अवस्थामा वार्तामा नबस्ने शिक्षककाे अडान

२६ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

अहिलेकै अवस्थामा वार्तामा नबस्ने शिक्षककाे अडान

केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएकाे नेपाल शिक्षक महासंघले अहिलेकै अवस्थामा वार्तामा नबस्ने बताएकाे छ । महासंघले सरकार आफ्ना मागप्रति गम्भीर नभएकाे भन्दै अहिलेकै अवस्थामा वार्तामा नबस्ने अडान लिएकाे हाे ।

हिँजाे सरकारले एक विज्ञप्ति जारी गर्दै महासंघलाई वार्तामा आउन आग्रह गरेको भएपनि अहिलेको अवस्थामा वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघले भनाइ रहेकाे छ । त्यस्तै महासंघले वार्ताका लागि केही सर्त समेत राखेको छ ।

महासंघकाे सर्तमा संसद्को वर्षे अधिवेसन तत्काल सुरु गर्नुपर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत रहेकाे छ ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेकाे छ, “विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा तत्काल निर्णय लिँदै ऐन जारी गर्न माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुन्छ ।”

यता सरकारले महासंघकाे काठमाडौं केन्द्रित आन्दोलन बढ्दै गएपछि वार्ताका लागि बोलाएको थियाे ।