Advertisement Banner
Advertisement Banner

२५ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

पूर्वी तराईमा वर्षा, काठमाडौंमा प्रदूषण उस्तै

२६ बुधबार , चैत्र २०८१३ महिना अगाडि

पूर्वी तराईमा वर्षा, काठमाडौंमा प्रदूषण उस्तै

नेपालकाे पूर्वी तराईका केहि जिल्लामा वर्षा भएपनि काठमाडौं उपत्यकामा प्रदूषण बढेर विश्वकै पहिलो प्रदूषित सहर बनेकाे छ । काठमाडौं उपत्यकामा वर्षा नहुँदा केहीदेखि प्रदूषण उच्च भएको हाे ।

पूर्वी तराईका झापा, मोरङ लगायतका जिल्लामा बिहानदेखि मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । त्यस्तै लामाे समयदेखि नेपालमा वर्षा नहुँदा प्रदूषणको तह जोखिमपूर्ण रहेकाे र जसकाे कारण आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरू देखिएकाे छ ।

काठमाडौं उपत्यकामा ठूलो पानी नपरेसम्म प्रदूषण नहट्ने भएकाले पनि वर्षाकाे आवस्यक रहेकाे छ । तर काठमाडौं उपत्यकामा वर्षा हुन सकेकाे छैन भने पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको बताइएकाे छ ।