Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जयगढका अग्नि पीडितलाई प्रदेश सरकारको ५० लाख आर्थिक सहयोग

२६ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

जयगढका अग्नि पीडितलाई प्रदेश सरकारको ५० लाख आर्थिक सहयोग

सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीबाट पीडित भएकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले जयगढका अग्नि पीडितलाई तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सो रकम बान्नीगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइनेछ । जसअनुसार पालिकाले मानवीय सहायतासम्बन्धी मापदण्ड बनाएर पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रदेश सरकारले जनाएको छ । प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्नेसमेत बताइएको छ ।

जयगढ मुख्य बजारमा स्थानीय पुष्पराज शर्माद्धारा सञ्चालित आईएमई केन्द्रमा हिजो साँझ ग्याँस विस्फोट हुँदा ठूलो परिमाणमा धनमालको क्षति भएको छ । आगलागीबाट दुई दर्जन बढी घर जलेका छन् भने करोडौंको धनमाल नष्ट भएको छ । साँझ ७ बजेर २० बजेदेखि लागेको आगो बल्लतल्ल पाँच घण्टापछि मध्यराति नियन्त्रणमा लिइएको थियो ।