
लामो समयपछि काठमाडौँ उपत्यकामा परेकाे वर्षाले केहि राहात मिलेकाे छ । वर्षा र सामान्य हावाहुरीले उपत्यकाको वायु प्रदूषणलाइ घटाएसँगै केहि राहात मिल्ने भएकाे हाे ।
काठमाडौँ उपत्यकामा हिँजाे दिउँसोदेखि परेको छिटपुट वर्षा र सामान्य हावाहुरीसँगै राति र बिहीबार बिहानीपख समेत जारी रहँदा धुलो र धुँवाले ढाकिएको आकाश केही हदसम्म सफा भएको छ । जसका कारण विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँ उपत्यका आज १३ औँ स्थानमा झरेको छ ।
त्यस्तै बिहीबार बिहान ८ बजे काठमाडौँको एक्यूआई १११ मापन गरिएको ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) ले जनाएकाे छ । ‘एयर क्वालिटी इन्डेक्स’ (AQI)का अनुसार प्रदूषित सहरहरूमा पाकिस्तानको लाहोर पहिलो, चीनको साङ्घाई दोस्रो र भारतको दिल्ली तेस्रो स्थानमा रहेकाे छ ।
अहिले परेकाे वर्षाले डढेलो निभाउनुका साथै धुलो सफा गरेपछि काठमडाैँकाे वायुगुणस्तरमा उल्लेखनीय सुधार आएको बताइएको छ । यसअघि काठमाडौँमा लामो समयदेखि पानि नपर्दा धुलोको मात्रा बढेको र आसपासका जंगलमा लागेको डढेलोको धुँवाकाे कारण वायु गुणस्तर अत्यधिक खस्किएको थियो ।