
हङकङमा जारी टी-२०आई शृंखलामा नेपालले लगातार दोस्रो जित हात परेको छ । आजको खेलमा कुवेतको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी राख्दै ४ विकेटको क्षतिमा पूरा गरि दोश्रो जित हात परेको हो ।
आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले ८१ रनको अर्धशतक बनाउँदै शानदार प्रदर्शन गरेका थिए । भुर्तेलले ५० बलमा ६ चौका र १ छक्का प्रहार गर्दा साथमा आसिफ शेखले ५३ रन बनाउँदै १२७ रनको ओपनिङ साझेदारी गरेर जितको आधार तयार गरेका थिए ।
त्यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पार गर्दै फिनिशिङ कामलाई सहज बनाएका थिए भने उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै सोमपाल कामीले ३६ रन खर्चेर ३ विकेट लिँदा नन्दन यादवले २ विकेट निकालेका थिए ।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाएका थिए भने बॉलर यासिन पटेलले १७ रन खर्चेर २ विकेट लिएको खेलमा मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिएका थिए ।
आजको जितसंगै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको नेपालले अब लिग चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ भने लिग चरणको समापनपछि शीर्ष दुई टोलीबीच आइतबार फाइनल खेल हुनेछ ।