Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

काभ्रेमा बस दुर्घटना ११ जना घाइते

२७ बिहिबार , चैत्र २०८१२३ दिन अगाडि

काभ्रेमा बस दुर्घटना ११ जना घाइते

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिकामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ८ बजे बस काभ्रेको बीपी राजमार्गमा अन्तर्गत रोशी गाउँपालिका-९, दाउनेमा दुर्घटना भएको हो ।

खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको मे.१ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर प्रदेश ३-०१- ००६ ख. १३३९ नम्बरको बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । वर्षाको कारण ब्रेक नलाग्दा बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

उक्त दुर्घटनामा १५ जनामध्ये ११ जना घाइते भएको र घाइतेमध्ये एक वृद्धा महिला, ७३ वर्षीया सुन्तली बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको उपचार मंगलटारको प्राथमिक स्वास्थकेन्द्रमा गरिएको र उनीहरूको अवस्थाका आधारमा केही सामान्य घाईते भएका व्यक्तिहरूलाई डिस्चार्ज गरिएको बताइएको छ ।

प्रहरी कार्यालय काभ्रेले दिएको घाइतेहरूको विवरण 

सुन्तली बिक (७३ वर्ष)
अवस्था: गम्भीर (टाउकोमा चोट)
ठेगाना: जिल्ला सोलु लिखुपिके गा.पा. ३

छत्र बिक (७० वर्ष)
अवस्था: मध्यम (टाउकोमा चोट)
ठेगाना: ऐ.ऐ.

रामसरण बिक (३४ वर्ष)
अवस्था: मध्यम (टाउको र दाहिने पातोमा चोट)
ठेगाना: जिल्ला रामेछाप मन्थली न.पा. ९

सिता श्रेष्ठ (३३ वर्ष)
अवस्था: मध्यम (टाउकोमा चोट)
ठेगाना: जिल्ला काभ्रे बनेपा न.पा. १३

पुजन श्रेष्ठ (२७ वर्ष)
अवस्था: मध्यम (बायाँ करङमा चोट)
ठेगाना: जिल्ला रामेछाप गोकुलगंगा गा.पा. १

कुमुद देबकोटा (३५ वर्ष)
अवस्था: मध्यम (टाउको र ढाडमा चोट)
ठेगाना: जिल्ला काठमाडौँ नागार्जुन न.पा. ९

जनक बुढाथोकी (६२ वर्ष)
अवस्था: सामान्य (नाकमा चोट, डिस्चार्ज)
ठेगाना: जिल्ला भक्तपुर चागुनारायण न.पा. ४

पदम सुनुवार (३५ वर्ष)
अवस्था: मध्यम (टाउकोमा चोट)
ठेगाना: जिल्ला रामेछाप गोकुलगंगा गा.पा. ५

ङावा शेर्पा (५० वर्ष)
अवस्था: मध्यम (करङमा चोट)
ठेगाना: जिल्ला रामेछाप बाम्तिभण्डार

ङिमा शेर्पा (१० वर्ष)
अवस्था: सामान्य (नाकमा चोट)
ठेगाना: ऐ.ऐ.

सुजता सुनुवार (२० वर्ष)
अवस्था: सामान्य (डिस्चार्ज)
ठेगाना: जिल्ला रामेछाप गोकुलगंगा गा.पा. ३