Advertisement Banner
Advertisement Banner

२५ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

उत्तरी गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

२७ बिहिबार , चैत्र २०८१३ महिना अगाडि

उत्तरी गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

लामो समयदेखि पानी नपरेर समस्या खेपिरहेको बेला उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । उक्त भेगमा गएरातिदेखि लगातार हिमपात भएको हो ।

लगातार हिमपात हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिकाका स्थानीयले जानकारी दिएका छन् । चैतको अन्तिम साता परेको हिमपातले चिसो बढेसंगै त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।

गएरातिदेखि साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन् भने हिमपातको कारण उक्त क्षेत्रमा चिसो एक्कासी बढेको छ । चिसोले स्थानीयवासीलाई घरबाहिर निस्कन समेत कठिन भएको बताइएको छ ।

हिमपात भएपछी लार्केपास गर्न हिँडेका पर्यटक बाटैमा रोकिएका छन् । हिमपात भएपछी लार्केपास पदमार्ग पूरै हिउँले ढाकेकाले पर्यटक त्यहाँका होटलमा आश्रय लिएर बसेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिएका छन् ।