Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध

२७ बिहिबार , चैत्र २०८१२३ दिन अगाडि

बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध

वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछी पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डमा मर्मतका काम भारहेकाले पानी परेपछि सडक हिलो र चिप्लो भएपछी अवरुद्ध भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षा पछिको हिलो र चिप्लोले सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी गराएका छन् ।

सडक वर्षाका कारण अवरुद्ध हुँदा सवारी आवतजावत गर्न कठिनाइ भएको र अहिले सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेको बताइएको छ । दाउन्ने क्षेत्रमा बुधवारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११:०० देखि ३:०० बजेसम्म सवारी आवागमन बन्द गरेर मर्मतको काम थालिएको थियो ।

सोहि सडक खण्डमा आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११:०० देखि बिहान ५:०० बजेसम्म सवारी आवागमन रोकेर विस्तारको काम गरिने समेत तयारी रहेको छ ।