Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ऊर्जा मन्त्रालयमा पुनः अर्को विवाद सुरु

२८ शुक्रबार , चैत्र २०८१एक बर्ष अगाडि

ऊर्जा मन्त्रालयमा पुनः अर्को विवाद सुरु

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा फेरी अर्काे विवाद सुरू भएकाे छ । मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेर प्राधिकरणबाट हटाएको विवाद सेलाउन नपाउँदै राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेर अर्काे विवाद सुरू भएकाे हाे ।

राज्यमन्त्री तामाङले सचिव आचार्यले पदीय आचरणअनुसार व्यवहार नगरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका छन् । यही २५ चैतमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री अनुपस्थित हुँदा राज्यमन्त्री प्रमुख अतिथिको भूमिकामा रहेको बेला आसनग्रहणका लागि मन्चमा बोलाउँदा समेत नआएको व्यहाेरा तामाङले सोधेको स्पष्टीकरणमा उल्लेख गरिएकाे छ ।

विभागले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री सहभागी रहेकाे र उक्त कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने (तुच्छ अभिव्यक्ति) दिएको पनि तामाङले साेधेकाे स्पष्टीकरणमा उल्लेख गरेका छन् ।