
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सुरु भएको छ । बिहिबारदेखि सुरू भएकाे याे जात्रा ८ रात ९ दिनसम्म भव्य रूपमा मनाइने गरिन्छ ।
स्थानीय र सर्वसाधारणले तौमढीस्थित भैरवको रथमा पूजा गरेर जात्राको शुभारम्भ गरिएकाे गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी गराएका छन् । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको थियाे ।
भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियाे । भक्तपुरकाे ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने छ ।
बिस्केट जात्रामा हुल दङ्गा हुन नदिन र शान्तिपूर्णरुपमा जात्रा सम्पन्न गराउन आवश्यक तयारी सहित करिब ८०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएकाे छ ।