Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

दैलेखमा तीन महिनाको शिशु हराए

२८ शुक्रबार , चैत्र २०८१२२ दिन अगाडि

दैलेखमा तीन महिनाको शिशु हराए

दैलेखमा तीन महिनाको शिशु रहस्यमय तरिकाले हराएका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकामा तीन महिनाको शिशु रहस्यमय तरिकाले हराएका हुन् ।

दैलेखको ठाँटीकाँध-१, सिराडी ग्वालिपिन्नका बमबहादुर बुढाकी छोरी श्रीया बुढा गए राति सुतेकाे ठाउँबाट बेपत्ता भएकी हुन् । राति करिब ९ बजेतिर घर पछाडिको रुखमा राखिएको खरमा अचानक आगो लागेकाे र आगो निभाउन सबै सदस्यहरू बाहिर निस्किएकाे बेला सुतिरहेकी शिशु बेपत्ता भएकाे उनकाे परिवारले जनाएकाे छ ।

शिशुसँगै सुतिरहेका उनका दाजु भने सुरक्षित छन् । कसैले योजनाबद्ध ढंगले खरमा आगो लगाएर शंकास्पद रूपमा बच्चा चोरेको हुनसक्ने आशंका गरिएकाे छ भने घटनापछि तत्काल स्थानीयले प्रहरीलाई खबर गरेकाेमा राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

रातीदेखि नै खोजी गर्दा पनि अहिलेसम्म कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले जनाएका छन् । प्रहरी प्रमुख दाहालले घटनालाई ‘अचम्म लाग्दो’ भन्दै अनुसन्धान तीव्र पारिएको र अनुसन्धान जारी रहेकाे बताइएकाे छ ।