Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

तामाङ समुदायले बौद्धमा तेमाल जात्रा मनाउँदै

२८ शुक्रबार , चैत्र २०८१२२ दिन अगाडि

तामाङ समुदायले बौद्धमा तेमाल जात्रा मनाउँदै

तामाङ समुदायले दिवङ्गत पितृहरूको चीरशान्तिका लागि श्रद्धा र भक्ति भावका साथ मनाउने तेमाल जात्रा काठमाडाैँकाे बाैद्धमा सुरू भएकाे छ । चैत्र शुक्ल चतुर्दशीका दिन प्रारम्भ हुने यो जात्रा बाैद्धलगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा मनाउने गरिन्छ ।

तामाङ समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वकाे रूपमा मनाउने याे जात्रा बाैद्ध महास्तुपा र स्वयम्भुनाथमा मनाउने गरिन्छ । त्यस्तै विशेष धार्मिक मान्यताअनुसार, चतुर्दशीको रातभर बत्ती बालेर जाग्राम बसेका श्रद्धालुहरू पूर्णिमाको बिहान बालाजुस्थित बाइसधारामा स्नान गरेर स्वयम्भू महाचैत्यमा गएर पूजा गरी जात्राको समापन गर्ने परम्परा रहेकाे छ ।

अहिले काठमाडौं उपत्यकाकाकाे बाैद्धमा तामाङ श्रद्धालुहरू ठूलो संख्यामा उपस्थिति रहेकाे छ । यस जात्राका अवसरमा भक्तजनहरूले दिवङ्गत पितृको सम्झनामा ‘छ्योमी’ कबत्ती बाल्ने, लामा गुरुहरूबाट पूजापाठ तथा ‘ङोपा-मोन्लम’ जस्ता धार्मिक विधिहरू गर्ने परम्परा रहेकाे छ ।