Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सुनकाे मूल्यकाे नयाँ रेकर्ड ताेलाकाे १ लाख ८५ हजार

२८ शुक्रबार , चैत्र २०८१२२ दिन अगाडि

सुनकाे मूल्यकाे नयाँ रेकर्ड ताेलाकाे १ लाख ८५ हजार

केहि दिनदेखि घटबढ भइरहेकाे सुनकाे मूल्यले आज नयाँ रेकर्ड बनाएकाे छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ८५ हजार रूपैयाँ पुगेकाे हाे ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । नयाँ मूल्यअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख  ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिँजाे बिहीबार सुन तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि बिहीबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि बढेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।