
चैत्र १५ गते तीनकुने आन्दोलनमा अराजकता मच्चाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राऊ परेका छन । उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
उनलाई पक्राऊ गरी प्रहरीले चन्द्रगढीबाट जहाज मार्फत काठमाडौं ल्याइरहेकाे छ । दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएका उनलाई जहाजभित्र पसाउने बेलामा भने हत्कडी खोलिएको थियो ।
तीनकुने आन्दोलनमा अराजकता मच्चाएर एकाएक बेपत्ता भएका प्रसाईं प्रहरीको फरार सुचीमा थिए । उनि आज बिहान झापाको भद्रपुरबाट प्रहरी नियन्त्रणमा आएका हुन् भने अबकाे केहि बेरमा उनलाई काठमाडाैँ ल्याइपुर्याइँदै छ ।