Advertisement Banner
Advertisement Banner

२० शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

समाजवादी मोर्चाको तत्काल संसद्को विशेष अधिवेशन बोलाउन माग

२८ शुक्रबार , चैत्र २०८१२१ दिन अगाडि

समाजवादी मोर्चाको तत्काल संसद्को विशेष अधिवेशन बोलाउन माग

संसदभित्र र बाहिर रहेका चार राजनीतिक पार्टी सम्मिलित समाजवादी मोर्चाले तत्काल संसद्को विशेष अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत दश दिनदेखि शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा रहेकोप्रति गम्भीर ध्यानकर्षण जनाउँदै मोर्चाले यस्तो माग गरेको हो ।

मोर्चाका संयोजक विप्लव सीले आज विज्ञप्ति जारी गर्दै सर्वदलीय सहमतिमा संसद्को विशेष अधिवेश तत्काल आह्वान गर्न सरकारसँग अपिल गरेका छन् । ‘शिक्षाको गुणस्तर विकास गर्न तथा शिक्षकहरुको हकअधिकारको पक्षमा उठाइएको आवाजलाई हाम्रो मोर्चाले सकारात्मक रुपमा लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षालाई नयाँ दिशा दिने विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गराउन र त्यसका लागि सर्वदलीय सहमतिमा संसद्को विशेष अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग जोडदार अपिल गर्दछौं ।’