Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

प्रहरी र सेनामा खुल्यो नयाँ भर्ना, हजारौं जनशक्ति माग

२९ शनिबार , चैत्र २०८१२० दिन अगाडि

प्रहरी र सेनामा खुल्यो नयाँ भर्ना, हजारौं जनशक्ति माग

नेपाल प्रहरी र नेपाली सेनामा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ । प्रहरीतर्फ प्राविधिक र सेनातर्फ प्राविधिक–अप्राविधिक दुवैमा भर्ना खुलेको हो ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत भर्ना छनौट शाखाद्धारा आज जारी सूचनामा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्ने गरी एक सय १६ जना प्राविधिक प्रहरी जवानका लागि दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै, सेनाले सैन्यसहित प्राविधिक, हवाई तथा विविध सेवातर्फका पदिक तथा बिल्लदार पदहरुमा आवेदन मागेको छ । जसअन्तर्गत सैन्यमा साढे दुई हजार बढी जनशक्ति मागिएको छ भने प्राविधिक, हवाई र विविधतर्फका पदिक तथा बिल्लादार पदहरुमा चार सय एक जनाले दरखास्त दिन सक्नेछन् ।

यी पदहरुमा खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने सेनाले जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले दरखास्त दिन सक्नेछन् । प्राविधिक प्रहरी जवानमा दरखास्त फाराम भर्ने मिति आउँदो वैशाख ७ गतेदेखि जेठ १२ गतेसम्म तोकिएको छ ।

सैन्य र प्राविधिक, हवाई र विविधतर्फका पदिक तथा बिल्लादार पदहरुमा भने आजदेखि आगामी वैशाख २७ गतेसम्म आवेदन बुझाउन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरी र नेपाली सेनाको वेबसाइट वा फेसबुक पेजमा राखिएको छ ।