
चारदेशीय टी–२० सिरिजकाे फाइनल खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । हङकङमा जारी खेलमा नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्न लागेकाे हाे ।
हिँजाे शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको थियाे । हिजो भएकाे खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाए पनि त्यसपछि वर्षाका कारण खेल रोकिएकाे थियाे ।
यसअघिकाे लिग चरणकाे खेलमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराएकाे थियाे । अन्तिम खेल बर्षाका कारण रद्द भए पनि तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपालले आज फाइनल खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
त्यस्तै हिजो कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेर नेपालसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । समूह चरणमा नेपालले कुवेतलाई ६ विकेट र कतारलाई ८ विकेटले पराजित गरेको थियो ।