
नेपाल आयल निगमले आर्थिक वर्ष २०८०-८१ मा ९ अर्ब ५५ करोड नाफा गरेकाे बताएकाे छ । निगमको ४३औँ वार्षिक साधारणसभा मार्फत उक्त जानकारी गराइएकाे हाे ।
निगमले गत आर्थिक वर्षमा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेर ३ खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९-८० मा ३ खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको थियाे ।
पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा निगमकाे एकाधिकार रहेकाले देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ । निगमकाे ब्यबस्थापनमा एकरूपता भएकाले मुनाफा आर्जन गर्न सफल भएको हाे ।