Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

वीरगञ्ज घटनाका दुइ समूहबीच वार्ताको तयारी

३० आइतबार , चैत्र २०८११९ दिन अगाडि

वीरगञ्ज घटनाका दुइ समूहबीच वार्ताको तयारी

हिँजाे हिन्दू र मुस्लिम समूहबीच भएको घटनापछि अवस्था थप तनावग्रस्त नहोस् भनेर पर्सा जिल्ला प्रशासन कार्यालयलेजारी गरेकाे कर्फ्यु आज १२ बजेसम्म जारी छ । हनुमान जयन्तीको शोभायात्रामा दुई समुदायबीच झडप भएर शहर तनावग्रस्त भएपछि बेलुकीदेखि कर्फ्यु लगाइएकाे थियाे ।

दुई समुदायबीचकाे झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारीहरू र सर्वसाधारण गरी दर्जनौँ घाइते भएका थिए । वीरगञ्ज महानगरपालिका-२, स्थित श्रीराम हल नजिकै रहेको जामा मस्जिद अगाडि दिउँसाे झडप भएकाे थियाे ।

शोभायात्रा मस्जिद नजिक पुग्दा एकाएक ढुंगामुढा सुरु भएपछि दुवै समूहबीच भिडन्तको अवस्था सिर्जना भएकाे थियाे । उक्त झडप पछि बेलुकीदेखि लगाइएको कर्फ्युमा पनि हुल हुज्जत गर्न खोज्ने र अपराधिक क्रियाकलापमा संलग्न रहेका ३ दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रशासनले नागरिकहरूलाई संयमित रहन र अफवाहमा नलाग्न आग्रह गरेको छ भने अहिले दुवै पक्षसँग वार्ताको तयारी भइरहेकाे र अवस्था सामान्यतर्फ गएको प्रहरीले जनाइएको छ ।