Advertisement Banner
Advertisement Banner

२५ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु, ११ काे उद्धार

३० आइतबार , चैत्र २०८१३ महिना अगाडि

राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु, ११ काे उद्धार

राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ भने ११ जनकाे सकुशल उद्धार गरिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–३, स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीय दिक्षिका चौधरीको मृत्यु भएको हाे ।

नदीमा माछा मार्ने क्रममा डुबेर दिक्षिका चौधरीको मृत्यु भएको र दिक्षिकासँगै डुबेका ११ जनाकाे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जनाएका छन् । उनिहरू माछा मार्न नदिमा गएका थिए ।

नदिमा डुबेकाे दिक्षिकाको शव एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा नदीबाट निकालिएको बताइएकाे छ । मृतक दिक्षिकाको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।