Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

३० आइतबार , चैत्र २०८११९ दिन अगाडि

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

रुपन्देहीको लुम्बिनीमा पाँच दिनसम्म चैत्र पूर्णिमा मेला मनाइँदै छ । धार्मिक तथा सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा चैत २९ गते शुक्रबारदेखि सुरु भएको मेला वैशाख २ गतेसम्म मनाउन लागिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-३, स्थित बुद्ध जन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला सुरु भएको हो । हरेक वर्ष मनाइने महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर समेत भएको बताइएको छ ।

इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध)को जन्म भएको र बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप विशेष पूजा, ध्यान र दान–धर्मका कार्य गरेर मेला मनाइने गरिएको छ । मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्यका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ ।

स्थानीयले यो मन्दिरलाई समयमाई वा रूमिन्देइमाई स्थानको रूपमा समेत पुज्ने गरेको पाईन्छ । अहिले पाँच दिनसम्म मनाइने यो मेला पहिला १५ दिनसम्म मनाइने गरिन्थ्यो भने वैशाख पूर्णिमाका अवसरमा लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी महोत्सवलाई लाखौँ खर्च गरेर मेला मनाउने गरेको छ ।