Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

नयाँ वर्ष मनाउन राजदुतहरू इलाममा

०१ सोमबार , बैशाख २०८२१८ दिन अगाडि

नयाँ वर्ष मनाउन राजदुतहरू इलाममा

आजदेखि सुरू भएकाे नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर नेपालका लागि विभिन्न देशका राजदुतहरू इलामको सूर्योदय नगरपालिका पुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदुतहरू सूर्योदय नगरपालिका पुगेका हुन् ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदुतसहित ४५ जना भन्दा बढी उच्च तहका पदाधिकारी हिँजाे आइतबार इलामकाे कन्याम पुगेका हुन । कन्याममा परराष्ट्र मन्त्री डाक्टर राणासहितका राजदुतलाई पंञ्चे बाजासहित स्वागत गरिएको थियो ।

कन्यामको स्वागतपछि जातीय पोशाषकमा सजिएर राजदुतले कन्यामको परिक्रमा गरेका थिए भने उनीहरुलाई आइतबार अन्तुमा बसोबासको व्यवस्था गरिएको बताइएकाे छ । राजदुतहरूलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिएका छन् ।