
गएराति हुम्लामा भएकाे स्काभेटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हुम्लाको चंखेली गाउँपालिका-२, लोतीमा स्काभेटर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको हाे ।
स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चंखेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ । स्काभेटर मुगु छायाँनाथ नगरपालिका-१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जनाएका छन् ।
चंखेली गाउँपालिकाको–लोती पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको र उक्त दुर्घटनामा परि घाइते भएका दुवैजनाको श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ ।
बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट तल खसेर दुर्घटना भएकाे हाे ।