Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

एक वर्षमा सुनको मूल्य ५० हजारले वृद्धि

०२ मंगलबार , बैशाख २०८२१७ दिन अगाडि

एक वर्षमा सुनको मूल्य ५० हजारले वृद्धि

निरन्तर उकालो लागेको सुनको मूल्य एक वर्षमा तोलाको ५० हजार बढेको छ । यसअघि २०८१ बैशाख २ गते प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य २०८१  चैत्र ३१ गते आईतबार १ लाख ८६ हजार रुपैयाँ पुगेको हो ।

यसरि हेर्दा एक वर्षको अवधिमा सुन तोलाको ५० हजारले बढेको देखिन्छ । २०८१ सालको अन्त्यमा भाउ करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ भने यो मूल्य हालसम्मकै उच्च हो ।

२०८१ मा सुनको मूल्य समग्रमा ३५.९ प्रतिशत बढेको देखिन्छ भने सोहि अवधिमा अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ३५.७ प्रतिशत बढेको छ । अमेरिकी डलरको मूल्यवृद्धिसंगै नेपाली बजारमा सुनको मूल्य थप बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य एक वर्षमा १५.२ प्रतिशत बढेर गत वर्षको वैशाख २ गते प्रतितोला १ हजार ७ सय रुपैयाँ रहेको चाँदीको मूल्य २०८१ चैत अन्तिममा १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ ।