
अबदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन आवेदन दिन सकिने वावास्था गरेको छ । त्रिविले विद्यार्थीहरूका लागि सहजता ल्याउन यो वावास्था लागु गरेको हो ।
आज बिहान ११ बजेदखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन आवेदन दिन सकिने वावास्थाको औपचारिक रूपमा सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । यो वावास्थासंगै विद्यार्थीहरूलाई बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुगेर फारम भर्ने, लाइन बस्ने र झन्झट व्यहोर्नुपर्ने अवस्था हट्ने बताइएको छ ।
हाललाई ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट मात्र अनलाइनबाट उपलब्ध हुने भएपनि निकट भविष्यमा अन्य सेवा पनि क्रमशः अनलाइन प्रणालीमा रूपान्तरण गर्दै लैजाने तयारी भइरहेको पनि परीक्षा नियन्त्रक जोशीले बताएका छन् ।
त्यस्तै परीक्षा नियन्त्रण कार्यालयले २०८२ जेठ १५ गतेदेखि सम्पूर्ण सेवा पूर्णरूपमा अनलाइनमार्फत प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।