Advertisement Banner
Advertisement Banner

१७ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दशलाख थान पाँच रुपैयाँको नयाँ नोट चलनचल्तीमा

०२ मंगलबार , बैशाख २०८२७ महिना अगाडि

दशलाख थान पाँच रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले आजदेखि १० लाख थान पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । पुरानै आकार र रंगमा पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

आज २०८२ वैशाख २ गतेदेखि राष्ट्र बैंकले न ४५ ०००००१ देखि भ १८ ९९९९९९का नयाँ नोट चलनचल्तीमा ल्याएको हो । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । नोटको पछिल्लझ भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।