
झापामा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पकराउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खान पक्राउ परेका हुन् ।
जबरजस्ती करणी गरेको अभियोगमा खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको बताइएको छ । किशोरीलाई खानले मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी अभियोगमा पक्राउ परेका खानलाई प्रहरीले त्यस सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।