Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आईसीसी विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै

०३ बुधबार , बैशाख २०८२१६ दिन अगाडि

आईसीसी विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै

नेपालले १९ वर्ष मुनिको आईसीसी विश्वकप एशिया छनोटमा आज हङकङसँग खेल्दै छ । यसअघि आईसीसी विश्वकप एशिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज तेस्रो खेल हङकङसँग खेल्न लागेकाे हाे ।

आईसीसी विश्वकप एशिया छनोटका लागि काठमाडाैँकाे तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट खेल सुरु हुँदैछ । यसअघि नेपालले पहिला यूएई र दोस्रो खेलमा ओमानलाई पराजित गरेकाे थियो ।

दुई खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा भने पहिला ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकालेको अफगानिस्तान नेट रनरेटका आधारमा पहिलाे स्थानमा रहेको छ ।

त्यसैगरि नेपाल आज पनि हङकङलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ भने अफगानिस्तानले आजै यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै छ ।