Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पौडी खेल्न गएका एकै घरका दुई बालक बेपत्ता

०३ बुधबार , बैशाख २०८२१६ दिन अगाडि

पौडी खेल्न गएका एकै घरका दुई बालक बेपत्ता

नारायणी नदीमा पौडी खेल्न गएका एकै घरका दुई बालक बेपत्ता भएका छन् । हिँजाे दिउँसाे पौडी खेल्न गएका पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकाका दुई बालक बेपत्ता भएका हुन् ।

नारायणी नदीमा पौडी खेल्न गएका ५ जनामध्ये पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-१२, तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन   बेपत्ता भएका हुन्।

बेपत्ता भएकाहरु एउटै परिवारका दुई भाइका छोरा भएकाे र विजयले हालै मात्र एसईई परीक्षा दिएर बसेकाे वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिएका छन् । उनीहरु अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा पौडी खेल्न गएका थिए ।

उक्त घटनापछि साढे ६ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेकाे र राति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेको प्रहरीले जनाएकाे छ ।