
आज बिहान रामेछापबाट लुक्लाको लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ । जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका दृष्टिकोणले काठमाडौं फर्काइएको बताइएको छ । उक्त आकस्मिक अवतरण गराइएको समयमा अन्य उडान तथा अवतरणहरूलाई अस्थायी रूपमा रोकिएको थियो ।
हाइड्रोलिक समस्या देखिएको जहाज अवतरण पछी त्रिभुवन विमानस्थलको धावनमार्गमा केही समय रोकिएको र पछी विमानलाई सुरक्षित रूपमा धावनमार्गबाट हटाइएको थियो । उक्त जहाजमा १४ जना यात्रु सवार थिए भने हाल उक्त जहाजको प्राविधिक निरीक्षण भइरहेको विमानस्थल प्रशासनले जनाएको छ ।