
संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन र प्रदर्शनका कारण राजधानी काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । पछिल्लो समय काठमाडौं केन्द्रित विभिन्न आन्दोलन र प्रदर्शनका कारण काठमाडौंको सडक अस्तव्यस्त बनेको हो ।
केहिसमयदेखि काठमाडौं केन्द्रित बिभिन्न राजनीतिकदल,संघ-सगठन र शिक्षक महासंघको आन्दोलन र प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् । त्यस्तै पछिल्लो समय आन्दोलन र प्रदर्शनका कारण राजधानी अशान्त बनिरहेको छ ।
चैत २० गतेदेखि काठमाडौंको माईतीघर मण्डलाबाट शुरु भएको शिक्षक आन्दोलन १४ औं दिनमा पुगिसकेको छ । जुन आन्दोलनका कारण बानेश्वर बबरमहल क्षेत्रमा सवारी आवागमन बन्द हुँदा सर्वसाधारणले धेरै दुख भोगिरहेका छन् ।
सरकारले बेलाबेला हुने यस्ता आन्दोलन र प्रदर्शनलाई बेलैमा समाधान नगर्ने हो भने झनै समस्या थपिने निश्चित जस्तै देखिन्छ । गत चैत १५ गते पूर्वराजाका समर्थक र समाजवादी मोर्चाले काठमाडौंमा गरेको प्रदर्शन पछी राजधानीका सडकहरू आन्दोलनमै व्यस्त बनेका छन् ।
अहिले काठमाडौँको सडकमा शिक्षक महासंघ, लघुवित्त र सहकारीपीडित,चिकित्सक, कुलमानको बर्खास्ती,खोला मापदण्ड खारेजीलगायतका विषयमा आन्दोलन र प्रदर्शन भइरहेका छन् भने सरकार र सम्बन्धित निकाय मौन रहदा सर्वसाधारणले दुख भोगिरहेका छन् । यस्ता आन्दोलन र प्रदर्शनको छिटो समस्या समाधान गर्न सर्वसाधारणले माग गर्न थालेका छन् ।