
गत चैत्र २० गतेदेखि सुरू भएकाे शिक्षक महासंघकाे सडक आन्दोलन आज १६ औँ दिन पनि निरन्तरता दिने भएका छन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक नछोड्ने अडानका साथ जारी आन्दोलन आज १६ औँ दिन पनि निरन्तरता दिने भएका हुन् ।
यता सरकारले माग सम्बोधन गर्ने आश्वासन दिँदै कार्यथलोमा फर्कन आग्रह गरे पनि शिक्षकहरूले सडक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । आज १६ औँ दिन पनि शिक्षकहरुले माइतीघर-बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गर्ने बताइएकाे छ ।
शिक्षकहरुले दिउँसो १२ बजे माइतीघर मण्डालामा भेला भएर प्रदर्शन गर्ने नेपाल शिक्षक महासंघले जनाएको छ । यसअघि भएका सहमति कार्यान्वयनको विकल्प सरकारसँग नभएको भन्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुसँग भएको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
अध्यक्ष सुवेदीले आन्दोलनलाई मर्यादित र अनुशासित बनाउँदै तोकिएको अवधिभर आन्दोलन स्थलमै रहन शिक्षकहरूलाई आगह गरेका छन भने यता सरकारले माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेकाले आन्दोलन स्थगित गरी विद्यालयमा फर्कन आग्रह गरेकाे छ ।
शिक्षकहरुकको निरन्तरकाे आन्दोलनले नयाँ शैक्षिक सत्रकाे विद्यार्थी भर्ना,एसईईको उत्तरपुस्तिका परीक्षण रोकिएको छ भने यहि वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को बाेर्ड परीक्षा समेत प्रभावित हुने भएको छ ।