
सरकारले विभिन्न चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएकाे हाे ।
कार्यालयले दुई कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जनाएकाे छ । कालाेसूचीमा परेका कम्पनी छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि गोङ्गबुलाई एक वर्षका लागि कालाेसूचीमा राखिएकाे छ भने सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुरलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको बताइएकाे छ ।
त्यसैगरि कार्यालयले सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङलाई डेढ वर्ष र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखेकाे छ ।