
इलाममा नेपाली सेनाको नक्कली पोसाक लगाएर डर त्रास देखाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का ३० वर्षीय पदमकुमार तामाङ पक्राउ परेका हुन् ।
तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी युक्त नक्कली पोसाक लगाएर विवाह गर्ने प्रलोभन देखाइ डर त्रासमा पारेर एक युवतीलाई जबरजस्ती करणी गरेकाे बताइएकाे छ । उनलाई इलाम नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।
यसअघि पनि सार्वजनिक अपराध, चोरी, अभद्र व्यवहार लगायतका कसुरमा संलग्न रहेको तामाङलाई चैत्र ३१ गते पक्राउ गरिएको र उनलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।