Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइँदै

०४ बिहिबार , बैशाख २०८२१५ दिन अगाडि

बैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत बैशाख ६ र ७ गते देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । उक्त दिन ६ महिनादेखी माथि र पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागिएकाे हाे ।

बैशाख ६ गते शनिबार र ७ गते आइतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागिएकाे हाे । भिटामिन ‘ए’सँगै उक्त दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि र बालभिटा खुवाइने छ भने बालबालिकामा कुपोषणको समेत परीक्षण गरिने बताइएकाे छ ।

करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सुरू गर्न लागिएकाे हाे । यसअघि सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा ८ जिल्लाबाट सुरु गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि देशैभर लागू गरिएको छ ।

त्यसैगरि जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालबाट १३ जिल्लामा सुरु गरिएको कार्यक्रम २०६७ सालदेखि सबै जिल्लामा लागू गरिएको हाे भने २०६४ सालदेखि बालभिटा खुवाउन थालिएकाे छ । त्यस्तै सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था गर्दै आइरहेको छ ।