Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

सुनको मूल्य अहिलसम्मकै उच्च १ लाख ९० हजार नाघ्याे

०४ बिहिबार , बैशाख २०८२३ महिना अगाडि

सुनको मूल्य अहिलसम्मकै उच्च १ लाख ९० हजार नाघ्याे

सुनकाे मूल्य अहिलसम्मकै उच्च भएकाे छ । अाज नेपाली बजारमा सुनकाे मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ पुगेकाे छ ।

अाज एकै दिन सुनको मूल्य ३ हजार ६ सय रूपैयाँले बढेको हाे । अघिल्लो दिन तोलाकाे १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको सुनकाे मूल्य एकाएक बढेर १ लाख ९० हजार ६०० रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यसैगरि चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ९ सय ५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बढेर तोलाकाे १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ ।