
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष हुने चर्चा चुलिएपछि एमालेभित्र नै भुइँचालो गएको देखिन्छ । कूटनीति र राजनीतिमा सन्तुलन मिलाएर अघि बढ्न सक्ने खुशी पनि विद्यामा देखिएको छ ।
विद्या भण्डारी, पूर्वराष्ट्रपति । एक अन्तर्वार्तामा उनले खुलासा गरेकी छिन्– मेरो नाम एमालेको भावी अध्यक्षमा आइरहेको छ, कार्यकर्ताको सम्मान र माग अनुसार म अध्यक्ष बन्न रेडी छु । विद्या भण्डारीको यो अन्तर्वार्तापछि एमालेमात्र होइन, नेपालकै राजनीतिमा यू टर्न आउने तरङ्गहरू देखिन थालेका छन् ।
विद्या भण्डारीले निकै हौसिदै राजनीतिमा फर्कने संकेत गर्नुको अनेक अर्थ निकाल्न थालिएको छ । विद्या भण्डारीले अब भारत र चीन भ्रमण गर्छु भन्नुले पनि उनी अन्तर्राष्ट्रिय समर्थन लिन आतूर रहेको देखिन्छ । चर्चा चुलिएको छ ।
अध्यक्ष केपी ओली राजनीतिमा सातीर खेलाडी मानिन्छन् । उनले माओवादी अध्यक्ष प्रचण्डलाई सतहमा उभ्याएरै छाडे, कांग्रेसलाई सहयोगी बनाएरै छाडे । तर उनीप्रति भारत दाहिना हुनसकेन । कम्युनिष्ट किनारा लगाउने मूडमा देखिन्छ भारत । यहीकारण पनि विद्या भण्डारीले भारत र चीन भ्रमण गरेर मात्र राजनीतिमा हामफाल्ने मनस्थिति बनाएको विश्लेषकहरूको धारणा पाइन्छ । भण्डारी राजनीतिकर्मी हुन्, देशका राजनीतिक शक्तिहरूलाई सन्तुलनमा राखेर अघि बढ्न सक्ने नेताका रूपमा पनि चिनिन्छिन् । हेरौं, विद्याको राजनीतिमा फर्कने भद्रो कहिले जुर्ने हो ?